स्ववियु निर्वाचन : ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, पहिलो स्थानमा अनेरास्ववियु

स्ववियु निर्वाचन : ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, पहिलो स्थानमा अनेरास्ववियु



काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा निर्विरोध अध्यक्ष चुनिएका छन् ।

हालसम्म नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थानमा छ । अनेरास्ववियुले ३२ स्थानमा आफ्ना स्ववियु अध्यक्ष निर्विरोध चयन भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएका छन् ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।

अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

अनेरास्ववियुबाट निर्विरोध चयन भएका स्ववियु अध्यक्षहरूः