महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंंघका डिसी सर्वसम्मत

महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंंघका डिसी सर्वसम्मत



दाङ । साविक राप्तीको जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियुका अध्यक्षमा दिपेशकुमार डिसी सर्वसम्मत चयन भएका छन् । पाँच विद्यार्थी संगठनको सहमतिमा अध्यक्षमा नेविसंंघका नेता डिसी अध्यक्षमा चयन भएका हुन् ।

नेविसंघ, अनेरास्वविय, अखिल (क्रान्तीकारी) र अखिल (समाजवादी)बिच सहमति भएपछि चार विद्यार्थी संगठमनले अध्यक्षसहित पदाधिकारी र कार्य समिति सदस्यमा बाँडफाड गरेका हुन् ।

स्ववियुको उपाध्यक्षमा अखिल (क्रान्तीकारी)बाट प्रशान्त पोख्रेल, सचिवमा अनेरास्ववियुको तर्फबाट सागर पण्डित र सहायक सचिवमा अखिल (समाजवादी)का दीपक केसी र कोषाध्यक्षमा नेविसंघका रमिला शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

२१ सदस्यीय पदाधिकारी रहेको स्ववियुको सदस्यमा सदस्यमा नेविसंघबाट बसन्त भण्डारी, चन्द्रा पाण्डेय, पुरुषोत्तम झा, इमन घिमिरे, एश्वर्य ददेल, मदन खड्का निर्वाचित भएका छन् ।

त्यस्तै, अखिल (क्रान्तिकारी)बाट मधुसदन गिरी, एलिना महरा, प्रकाश केसी, त्रिदेवी वली, सिता कुमारी बुढामगर सदस्यमा चयन भएका छन् ।

यसैगरी अनेरास्ववियुबाट पुष्प सुवेदी, अखिल (समाजवाद)बाट खुम रिजाल, दिनेश डाँगी, विकास खड्का र स्वतन्त्र विद्यार्थी समूहबाट समीक्षा शर्मा यचन भएका छन् ।