माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा पुनः सुनुवाइ सुरु भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

आज अधिवक्ता ओमप्रकाश अर्यालले पूर्णमाया तामाङका तर्फबाट बहस गरेका थिए । यसअघि गत असोज ९ गते निर्णय सुनाउने मिति तय भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो ।

२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सापकोटासहित माओवादी कार्यकर्ताहरुविरुद्ध किटानीङ जाहेरी दिएकी थिइन् । तर लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन मानेन ।

सर्वोच्च अदालतको आदेशपछि २०६९ मंसिरमा सापकोटासहित माओवादी नेताहरुविरुद्ध रिटा दायर भएको थियो ।