कपिलवस्तु –११ ले जित्याे सुनगाभा सैनामैना गोल्डकप उपाधि

कपिलवस्तु –११ ले जित्याे सुनगाभा सैनामैना गोल्डकप उपाधि



सैनामैना । कपिलवस्तु–११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मुर्गिया फुटबल क्लबको आयोजनामा बुधबार सैनामैनाको मुर्गियास्थित रङ्गशालामा भएको फाइनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोलले हरायो ।

कपिलवस्तुको जितमा मोहम्मदले गोल गरे । १० दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । विजेता कपिलवस्तुले ७ लाख रुपियाँ पुरस्कार पायो ।

उपविजेता अभिषेक चर्च रजहर नवलपुरले ४ लाख रुपियाँ पायो ।