प्रधानमन्त्रीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्रीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।