तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै

तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि हङकङविरुद्धखेल्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।

नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो । 

अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै फाइनलमा भने शिर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।