गण्डकीलाई ३१ रनमै अलआउट गरेर काेशीकाे पहिलाे जीत

गण्डकीलाई ३१ रनमै अलआउट गरेर काेशीकाे पहिलाे जीत



रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएकाे छ ।

गण्डकीले दिएकाे ३२ रनकाे लक्ष्य काेशीले १ विकेट गुमाएर २ सय ५० बलअघि नै भेटायाे । काेशीका शकिब हकले नटआउट १६ रन बनाए । गण्डकीका सुवाश भण्डारीले १ विकेट लिए ।

यसअघि रुपन्देहीकाे एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेकाे गण्डकी २० ओभर ४ बलमा ३१ रनमै अलआउट भयाे । प्रधानमन्त्री कप क्रिकेट इतिहासमा याे सबैभन्दा कम याेगफल हाे । यसअघि गएकाे वर्षकाे संस्करणमा गण्डकीसँगकाे खेलमा काेशी २५ रनमै अलआउट भएकाे थियाे ।

आजकाे खेलमा गण्डकीका कुनै पनि खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ९ रन बनाए । काेशीका विपिन महताेले ६ विकेट लिए ।

याेसँगै काेशीले पाँचाैं खेलमा पहिलाे जीत हात पारेकाे छ भने गण्डकीले चार खेलमा तेस्राे हार बेहाेरेकाे छ ।