पद्म कन्यामा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच गठबन्धन

पद्म कन्यामा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच गठबन्धन



काठमाडौं । स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) बीच चुनावी गठबन्धन गरेका छन् ।

अनेरास्ववियुबाट अध्यक्षसहित चार पद लिने सहमति भएकाे छ । अनेरास्ववियुबाट अध्यक्ष उम्मेदवार सुनिता घिमिरे, अखिल क्रान्तिकारीबाट सचिवमा सदीक्षा पोखरेल र अखिलबाटै कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी परेको छ ।

पद्म कन्यामा ७ चैतमा स्ववियु निर्वाचन हुने भएको छ । चुनावी प्रतिस्पर्धाका लागि आठ विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् ।