आर्सनलसँग चेल्सी पराजीत, म्यानचेस्टर युनाइटेडको सहज जीत

आर्सनलसँग चेल्सी पराजीत, म्यानचेस्टर युनाइटेडको सहज जीत


ग्लोब नेपाल
135
Shares

लन्डन । आर्सनलले इङ्लिस प्रिमियर लिगमा चेल्सीलाई हराएको छ भने म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा मिकेल मेरिनोको निर्णायक गोलमा आर्सनलले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । यता, म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी १२ मा झारेको छ । २९ खेलबाट ५८ अंक भएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ७० अंक छ । गएराति नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टरसिटीविरुद्ध ३–० को फराकिलो जित दर्ता गरेको छ ।

अंक तालिकाको १३औँ स्थानमा रहेको युनाइटेडलाई यो जितले केही राहत भने दिलाएको छ । त्यस्तै अर्को खेलमा फुलह्यामले टोटनहमलाई २–० ले हराएको छ । फुलहमलाई जित दिलाउन रोसड्रगो मुनिजले र रायन सेसेग्ननले गोल गरे ।

म्यानचेस्टर युनाइटेडको सहज जीत
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड, अलेजान्द्रो गार्नाचो र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडको यस सिजनमा यो १०औं जित हो । २९ खेलमा ३७ अंक रहेको युनाइटेड हाल लिगमा १३औं स्थानमा रहेको छ । त्यस्तै लेस्टर सिटीको भने २९ खेलमा १७ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।