काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् ।
प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।
त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हाे । बैतडी स्थायी ठेगाना भएका भट्टको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो ।
यसअघि अनिल पोखरेल कार्यकारी निर्देशक थिए ।
प्रतिक्रिया