सिद्धार्थ बहुमुखी क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै निर्वाचित

सिद्धार्थ बहुमुखी क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै निर्वाचित



स्यांजा । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित भएकी छन् । फेदिखोला गाउँपालिका–२ मा रहेको क्याम्प्समा मङ्गलबार भएको निर्वाचनमा प्रतक्ष्यतर्फ गोदारसहित अनेरास्ववियुको सबै प्यानल नै निर्वाचित भएको हो ।

स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई चार मतको अन्तरले पराजित गर्दै अनेरास्ववियुका गोदार निर्वाचित भएकी हुन् । गोदारले ३८ मत ल्याउँदा थापाले ३४ मत ल्याएका हुन् ।

यस्तै, सचिवमा अनेरास्ववियुका श्रीसा शर्माले ३७ मत ल्याएर विजयी भएकी हुन् । कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता विकले ३७ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । सदस्यमा अनेरास्ववियुका संजय खत्री(४३) र स्मृति कुवर (४१) मत ल्याएर निर्वाचित भएका हुन् ।

समानुपातिक तर्फ अनुरास्वियुका मिरा गोदार र प्रविता रानाभाट तथा नेविसंघबाट सविना भण्डारी र समिक्षा पौडेल रहेका छन् । समितिको उप सभापति र सहसचिव समानुपातिकबाट मनोनित गरिने निर्वाचित सभापति गोदारले बताइन् ।