जुम्ला । जुम्लामा दुईवटा क्याम्पस मध्य सिञ्जा बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने जुम्ला बहुमुखी क्याम्पसमा निर्वाचन भईरहेको छ । सिजा क्षेत्रमा अवस्थित सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सन्तोष आचार्यको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
सिंजा क्याम्पसमा रहेका चार सङ्गठनबिचको आपसी सझदारीका आधारमा उनी दोस्रो पटक क्याम्पस सभापतिमा निर्विरोध चयन भएका निर्वाचन कमिटिले जनाएको छ । सिंजा क्याम्पसका प्रमुख तथा निर्वाचन अधिकृत तिर्थ नेपालका अनुसार अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ र अखिल समाजवादी विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ता गरेका थिए ।
अखिल क्रान्तिकारीका आचार्य सभापति, उपसभापतिमा अनेरास्ववियुका महेन्द्रराज बम, सचिवमा नेविसंघकी राजिन्दा शाही र कोषाध्यक्षमा अखिल समाजवादीका तुलाराज तिरुवा निर्विरोध चुनिएका छन् ।
सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोबिन्द बम निर्वाचित भएका छन् ।
प्रतिक्रिया