काठमाडौं । सिंगापुर र मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय खेलमा लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार खेलाडीको बिदाइ गरेको हो । नेपालले यही मार्च २१ तारिख सिंगापुरसँग मैत्रीपूर्ण र मार्च २५ तारिख मलेसियासँग एएफसी एसिएन कप–२०२७ छनोट खेल खेल्दैछ ।
उक्त दुई खेलका लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबारमात्र २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका थिए ।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले बिदाइ गरे ।
नेपाली टोली
गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की र अन्जल श्रेष्ठ
रक्षक : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू र सुमन श्रेष्ठ
मिडफिल्डर : रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिशरत्न छिन्जु
स्ट्राइकर : जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा
प्रतिक्रिया