मोरङ । केराबारीको खदम क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । खदम क्याम्पसमा काङ्ग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनको संयुक्त गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुका उमेद्वार संगम कन्दङ्वा विजयी भएका हुन् ।
कन्दङ्वाले ५८ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका सीमान्त लुइँटेलले २८ मत पाए । त्यसै गरी कोषाध्यक्षमा पनि अनेरास्ववियुका सन्देश भण्डारी विजयी भएका छन् । भण्डारीले ५८ मत प्राप्त गर्दा गठबन्धनका फेमस बराइलीले २९ मत पाए । खदम क्याम्पसमा ११ सदस्यीय समितिका लागि ९ जना निर्विरोध निर्वाचित भएका थिए ।
प्रतिक्रिया