राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजावादी कसैले नस्वीकार्ने

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजावादी कसैले नस्वीकार्ने


ग्लोब नेपाल
10.7k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई कमल थापा, दुर्गा प्रसाई, जगमान गुरुङ, रमा सिंह, केशर बहादुर विष्ट, पशुपति खड्का, सन्तोष राजावादी कसैले नस्वीकार्ने अवस्था प्रष्ट भएपछि उनले आफैंले आफैंलाई राप्रपा आन्दोलनको नेता घोषणा गरेका छन् ।

लिङ्देनको स्वघोषणाले उनी राजा र हिन्दु अधिराज्य स्थापना गर्ने संयुक्त मोर्चा र आन्दोलनको विरुद्धमा छन् भन्ने सन्देश प्रवाह भएको छ । राजा ल्याउने आन्दोलन भाँड्ने पात्रको रुपमा अध्यक्ष लिङ्देन उभिएपछि राप्रपा संस्थापन कित्ताका अध्यक्षका शुभचिन्तक र समर्थक नै चिन्तित छन् ।

लिङ्देन पक्षीय एक नेताले भने, ‘राजावादीहरुको मोर्चा बनीसकेको अवस्थामा अध्यक्ष लिङ्देन सो संयुक्त समितिको खम्बा बनेर उभिुन पर्दथ्यो । आफैंले आन्दोलन गर्छु भन्नु राजा ल्याउने संयुक्त आन्दोलनको विरोधी हुनु हो जो गणतन्त्रवादीले गर्ने काम हो । यस्तो रणनीतिक भूलले अध्यक्षको इगोलाई केही सान्त्वना दिए पनि यो काम मूतको न्यानो सावित हुनेछ । अहिलेको माहोलमा पार्टीको झण्डामा कसरी आन्दोलन हुन्छ ? अध्यक्षको बुद्धी विवेक केही देखिएन, यसकारण हामी सब चिन्तित छौं ।’

खासमा राजधानीलगायत देशका प्रमुख सहरहरुमा राप्रपाले जे जति आन्दोलनको सफल कार्यक्रम गरेको छ, ती सब महामन्त्री डा धवल शम्शेर राणाको नेतृत्व र डिजाइनमा भएको जगजाहेर छ ।

यही अनुभव र क्षमताका कारण तेस्रो जनआन्दोलन गर्ने राजसंस्थावादी, हिन्दुवादी, संघीयता तथा भ्रष्टाचार विरोधी संयुक्त आन्दोलनको मोर्चामा समेत डा राणाले आन्दोलन परिचालन समितिको संयोजकको जिम्मेवारी प्राप्त गरेका छन् ।

सरल स्वभावका सत्यवादी नेता राणा विद्यावारिधी गरेका विद्वान नेता हुन् । उनी राप्रपाभित्र मात्र नभएर राजावादी समुदाय र यूवाहरुबीच अधिक लोकप्रिय छन् । उनको अन्तर्राष्ट्रिय तहको सम्बन्ध पनि प्रगाड छ ।

मंगलबार बसेको कार्यसम्पादन समिति वैठकमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले लिङ्देनलाई संयुक्त आन्दोलनको खुलेर समर्थन गर्न सुझाएका थिए । बुद्धि र रणनीति मिलाए क्रेडिट अध्यक्षले नै पाउने हो भन्दै गल्ती माथि गल्ती नगर्न सचेत गराए ।

वैठक अवधिभर अध्यक्षले ठिकै कुरा गरे पनि प्रेस विज्ञप्तिमा छलफल र निर्णय नभएका विषय समावेश गरिएकोमा राप्रपा नेताहरु आश्चर्यमा छन् । लिङ्देनले कमल थापा र केशर बहादुर विष्टलाई उनको नेतृत्वमा नयाँ मोर्चामा बस्न अनुरोध गर्ने सोँच बनाएको एक नेताको दावी गरे तर, वैठक पछिको पत्रकार भेटघाटमा भने लिङ्देनले यस विषयमा केही बोलेनन् ।