धवलागिरि क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियुकी शेख विजयी

धवलागिरि क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियुकी शेख विजयी


ग्लोब नेपाल
108
Shares

बागलुङ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को नयाँ नेतृत्वका लागि बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुकी आश्मिन शेख विजयी भएकी छन् ।

बुधबार विहान सम्पन्न मत परिणामअनुसार अखिल संयुक्तबाट उम्मेदवार बनेकी अनेरास्ववियुकी शेखले ५५२ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यले ४९१ ले मत प्राप्त गरिन् ।

सचिवमा नेविसंघका सचिन हरिजन ५३४ मत प्राप्तगरी विजयी भए । कोषाध्यक्षमा पनि नेविसंघका बिशाल थापाले ६५४ मत ल्याएर विजयी भएका छन् ।

सदस्यहरूमा नेविसंघका ७ र अनेरास्ववियका १ जना उम्मेदवार विजयी भएका छन् । नेविसंघका प्रशान्त सुवेदीले ६१२, दीपसागर सुवेदीले ६११, सुदिप घर्ती मगरले ५५८, सृष्टि घर्तीले ५४३, सुवासबाबु घर्तीले ५२२, सेमान्त शर्माले ५१८ र शुभम राजभण्डारीले ४९६ र अनेरास्ववियुका विकल्प घर्ती मगरले ५६४ मत प्राप्त गरी विजयी भएका हुन् ।

निर्वाचनमा कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको थियो । एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए ।