काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोटे राजाको संज्ञा दिएका छन् ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले तीनवटा टाउकाले आफूलाई छोटे राजाजस्तो बनाएको बताए । ‘तीनवटा टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा बस्दा जनतालाई समृद्धि आयो, सुख–शयल आयो भन्छन्,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘सरकार गएको भोलिपल्टैबाट बाहिरिएपछि खत्तम भयो भनेर कराउँछन् । जनता रणभुल्लमा छन् ।’
संविधान जारी भएपछिको ९ वर्षमा ११ सरकार परिवर्तन भएको भन्दै उनले राजनीतिक अस्थिरताको चर्चा गरे । उनले भने, संविधान जारी भएको ९ वर्षमा ११ सरकार परिवर्तन भएको छ । समस्याको हलका लागि लोकतान्त्रिक स्थायित्व चाहियो । एउटा सरकारले कम्तीमा ५ वर्ष, १० वर्ष एउटा नीति बनाएर लागू गराउन सकोस् । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान ढिला गर्नु भएन ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको भन्दै यहाँका तीन दलका शीर्ष नेतालाई छिमेकीले पनि बेलाबेला उचाल्ने गरेको दावी गरे । ‘छिमेकीले पनि सुँड घुसारेर कहिले झाँक्रीलाई, कहिले बैद्यलाई उचाल्ने गरेका छन्,’ उनले भने ।
राजावादीहरुको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको बताएका छन् । जनताले फ्याँकिसकेको राजतन्त्र फर्किन कुनै सम्भावना नरहेको बताए ।
प्रतिक्रिया