स्ववियु चुनाव : नेविसंघ र अनेरास्ववियु समान ९१ वटा क्याम्पसमा विजयी

स्ववियु चुनाव : नेविसंघ र अनेरास्ववियु समान ९१ वटा क्याम्पसमा विजयी



काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मतपरिणाम आउने क्रम जारी छ ।

पछिल्लो विवरणानुसार नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघले समान ९१ वटा क्याम्पसमा अध्यक्ष पद जितेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले ६५ वटा क्याम्पसमा जितेको छ । स्वतन्त्र र बागी उम्मेदवारले ४ वटा क्याम्पसमा जितेका छन् ।

यसैगरी एकीकृत समाजवादी निकट अनेरास्ववियूले ३, विप्लव माओवादी निकट अखिल समाजवादीले २, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रविसङ्घ, मसाल निकट अखिल छैटौं र जनता समाजवादी पार्टी निकट समाजवादी युनियन १/१ वटा क्याम्पसमा अध्यक्ष पद जितेका छन् ।

मंगलबार देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान भएको थियो ।