प्रधानमन्त्री कप क्रिकेट : आर्मी मधेशसँग ३ विकेटले पराजित

प्रधानमन्त्री कप क्रिकेट : आर्मी मधेशसँग ३ विकेटले पराजित



दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएकाे छ ।

आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर १२ बलअघि भेटायो । मधेशका कप्तान अनिल शाहले ४५, रुपेश सिंहले ३८ रन बनाए । आर्मीका नरेन साउदले ३ विकेट लिए ।

यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । आर्मीका भीम सार्कीले ८९ रन बनाए । मधेशका रुपेश सिंह, कमल गुप्ता र पवन सर्राफले २/२ विकेट लिए । प्रतियोगितामा आर्मीको यो ६ खेलमा पहिलो हार हो भने मधेशको ५ खेलमा दोस्रो जीत हो ।