जुम्ला । जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी भएका छन् । निर्वाचन समितिका अनुसार अनेरास्ववियुका बुढाले ११४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १०५ मत र नेविसंघका खेमराज आचार्यले ८८ मत प्राप्त गरेका छन् ।
सचिवमा नेविसंघका दत्तराज रावतले ९४ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकै विनबहादुर रावतले १०७ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका आशिष बुढाले ९५ मत पाए । सदस्यमा नेविसंघका प्रविन बुढ्थापा १४६, राष्टु थापाले १०३ ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुका सुर्जा रावलले ११९, हिमाली धितालले ९७ र अखिल क्रान्तिकारीका टोपबहादुर बोहोराले १०३ मत ल्याएर सदस्य पदमा विजयी भएका छन् ।
यसैगरी जुम्लाको सिञ्जा बहुमुखी क्याम्पस सिंजामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जुम्लाको सिजा क्षेत्रमा अवस्थित सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सन्तोष आचार्यको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
क्याम्पस प्रमुख नेपालका अनुसार अखिल क्रान्तिकारीका आचार्य सभापति, उपसभापतिमा अनेरास्ववियुका महेन्द्रराज बम, सचिवमा नेविसंघकी राजिन्दा शाही र कोषाध्यक्षमा अखिल समाजवादीका तुलाराज तिरुवा निर्विरोध चुनिएका छन् ।
सदस्यमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोबिन्द बम निर्वाचित भएका छन् ।
प्रतिक्रिया