म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते


ग्लोब नेपाल
108
Shares

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ जाने क्रममा बिहीबार साँझ ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय देविन बिक र पूर्णलाल रसाइलीको मृत्यु भएको हो ।

पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ४ जना घाइते मध्ये २ जना स्थानीय कविराज बिक र कमल बिक रहेका छन् भने अन्य मालिकाका विकास बिक र धवलागिरिका किस्मत बिक रहेका छन् ।

घाइतेमध्ये एक जनाको पोखराको मणिपाल कलेजमा उपचार भैरहेको छ भने तीन जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार जारी छ ।