काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा सिराहामा दलितको घर भत्काएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।
‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।
सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको थियाे ।
दलितका लागि दलित अभियान, नेपालको आयोजनामा जंजिरले बाँधेर उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।
सिराहाका औरही गाउँपालिका-५ मा दीपक मल्लिकको घर भत्काएर महायज्ञ गर्न लागेको भन्दै विरोध हुँदै आएको छ ।
यसबारेमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन समेत दिएको छ ।
प्रतिक्रिया