काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति अनुसार एउटा पनि काम अगाडि बढ्न नसकेको बताएका छन् ।
मोरङ काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको कारणले जनता निराश बन्दै गइरहेको बताए ।
उनले भने ‘जनता अहिले कसको पक्षमा छ भन्ने होइन । जनतामा अहिले बढ्दो वितृष्णा छ । हामीले त्यो हटाउन सक्नुपर्छ । यो असन्तुष्टिलाई नहटाई केही काम गर्छौँ भनेर हामी अगाडि बढ्यौँ भने हामी दुर्घटनामा फेरि पर्नसक्छौं ।’
उनले एमालेलाई अहिले आन्दोलन गर्ने उपयुक्त समय नभएकाे बताएका छन् । एमालेले गणतन्त्रको पक्षमा जनसचेतना लागि सडकमा उत्रिने भन्दै गरेको घोषणाबारे उनले भने, ‘सरकारको नेतृत्व गर्ने पार्टीले देशभरी जागरण अभियान चलेर चलाउँदैछ। अहिले त्यो उपयुक्त समय हो ? भनेर हामीले प्रश्न गर्नुपर्छ ।’
उनले सरकारले सुशासन र संविधान संशोधनको विषयमा केही काम गर्न नसकेको बताए । यस्तै, कांग्रेसको महाधिवेशन ०८३ मंसिर मसान्तसम्म नभए कमजोर हुँदै जाने भन्दै आवाज उठाउन निर्देशन दिए । पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा २०८३ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न निर्देशन दिए ।
प्रतिक्रिया