काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ ।
शुक्रबार सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो ।
नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो ।
नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे । उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन् ।
नेपालले सिंगाापुरविरूद्धको औपचारिक खेलमा पहिल पटक गोल गर्न सफल भएको हो । १९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भयो ।
प्रतिक्रिया