गोरखनाथको आर्शिवाद लिन पूर्वराजा ज्ञानेन्द्र आज गोरखा जाँदै

गोरखनाथको आर्शिवाद लिन पूर्वराजा ज्ञानेन्द्र आज गोरखा जाँदै


ग्लोब नेपाल
459
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज गोरखामा विशेष पूजा गर्ने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले आज गोरखाको गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको पूजा गर्न लागेका हुन्। गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको छ ।

गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाह र पृथ्वीनारायण शाहले जित हासिल गरेको विश्वास गरिन्छ । पूर्व राजाले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउदै आएका छन् । लामो समय पोखरा बसेर फर्कने क्रममा अघिल्लो साता पूर्व राजाको काठमाडौंमा भव्य स्वागत भएको थियो ।

पूर्व राजाको स्वागतमा जनउपस्थिती बढेपछि राजवादीहरुले आगामी चैत्र १५ गते काठमाडौंमा राजसंस्थाको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् ।