काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज गोरखामा विशेष पूजा अर्चना गरेका छन् । शाहले आज गोरखा दरबारस्थित गोरखाली मन्दिरमा विशेष पूजा गरेका हुन् । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको छ ।
गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाह र पृथ्वीनारायण शाहले जित हासिल गरेको विश्वास गरिन्छ । गणतन्त्र स्थापना भएपछि पहिलो पटक पूर्वराजा शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गर्नुको प्रतीकात्मक र राजनीतिक अर्थ रहेको उनका समर्थकहरूले बताएका छन् ।
पूर्व राजा शाहले आजै मनकामना मन्दिरको पनि दर्शन गर्दै छन् । गोरखा दरबारमा पूर्वराजालाई त्यहाँका स्थानीयले भब्य स्वागत गरेका छन् । उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।
करिब दुई साताअघि पोखराबाट फर्कने क्रममा काठमाडौँमा ठूलो सङ्ख्यामा मानिसहरूबाट स्वागत पाएका थिए । पूर्व राजाले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउदै आएका छन् ।
प्रतिक्रिया