काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटको १८औं संस्करण आज दुई खेल हुँदैछन ।
पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग खेल्ने छ भने दोस्रो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच हुनेछ । सनराइजर्स हैदरावाद राजस्थान रोयल्सबीचको खेल आज दिउँसो पौने चार बजे हैदरावादमा हुनेछ । यस्तै, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीचको दोस्रो खेल साँझ पौने आठ बजे चेन्नईमा हुनेछ ।
आई.पी.एल.को नयाँ संस्करण शनिबार बाट शुुरु भएको हो । शनिबारको उदघाटन खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध शानदार जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुुरुवात गरेको छ । कोलकातालाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी शुुरुवात गरेको हो ।
सन् २००८ देखि शुरु भएको आई.पी.एल.मा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जित्दै सर्वाधिक सफल टोली हुन् । त्यस्तै, कोलकाताले तीनपटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १/१ पटक उपाधि जितेका छन् ।
प्रतिक्रिया