ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा

ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हुन पनि नसक्ने बताए । उनले ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाउदा हुने बताए ।

उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि दुख पाउँछन् ।’

उनले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला नभएको भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।