किरणको सतकमा कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

किरणको सतकमा कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी



दाङ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ ।

सुदूरले आइतबार दाङको लमहीमा भएको खेलमा कोशी प्रदेशलाई ३१ रनले हरायो ।

सुदूरले दिएको २४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले ६२ रन, अंकित सुवेदी र समितर काकीले ३८-३८ रन तथा आइश भट्टराईले ३६ रन बनाए ।

बलिङमा सुदूरका सूर्य श्रेष्ठले ३ र भोटराज भट्टले २-२ विकेट हात पारे ।

सुदूरका किरण ठगुन्नाले शतक बनाए । उनले ९१ बलमा १ सय १५ रन बनाएर आउट भए । यसअघि किरणले गण्डकी प्रदेशसँगको खेलमा पनि शतक बनाएका थिए ।

सुदुरले अन्तिम खेलअघि ८ खेलबाट ३ जित निकाल्न सफल भयो । कोशीले भने ८ खेलबाट १ जित मात्र दर्ता गराउन सफल भएको छ ।