हैदराबादले दियाे राजस्थानलाई २ सय ८७ रनकाे लक्ष्य

हैदराबादले दियाे राजस्थानलाई २ सय ८७ रनकाे लक्ष्य



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोजस्थान रोयल्सलाई २ सय ८७ रनको लक्ष्य दिएको छ ।

हैदराबादको राजीव गान्धी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन बनायो । हैदराबादका ईशान किशनले नटआउट १ सय ६ रन बनाए । यस्तै ट्राभिस हेडले ६७ रन बनाए । राजस्थानका तुषार देशपांडेले ३ विकेट लिए ।

आईपीएलमा यो दोस्रो ठूलो योगफल हो । यसअघि गएको वर्षको संस्करणमा रोयल च्यालेन्जर्स बेङ्गलुरुसँगको खेलमा हैदराबादले नै २ सय ८७ रन बनाएको थियो ।

आईपीएलमा अहिले बेलुकी पौने ८ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।