काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ ।
७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको क्याम्पस प्रमुख हरिप्रसाद पाठकले जानकारी दिए ।
क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण मतदताको संख्या कम भएको उनले बताए ।
विद्यार्थी प्रतिनिधिसँग बैठक बसेर गणना गरिने उनले बताए । गत ५ चैतमा रोकिएको मतदान आज भएको हो ।
प्रतिक्रिया