पूर्वराजा ज्ञानेन्द्रलाई गिरफ्तार गर्ने विषयमा निर्णय लिन ३ दलको बैठक अपराह्न ४ बजे

पूर्वराजा ज्ञानेन्द्रलाई गिरफ्तार गर्ने विषयमा निर्णय लिन ३ दलको बैठक अपराह्न ४ बजे


ग्लोब नेपाल
10.3k
Shares

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक आज बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा राजवादीहरुको आन्दोलन संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा राजालाई यसरी नै छाडा छोड्न नहुने बताएका थिए । कांग्रेस सभापति देउवाले हिजो आइतबार पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनाउन सुझाव दिएका थिए । प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थप छलफल गरेर अगाडि बढ्ने योजनामा रहेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सरकारको तयारी छ ।

हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल छलफलका लागि आज काठमाडौँ आउने भएका छन् । उनी आइतबार नै काठमाडौँ आउने भनिए पनि विशेष कारणवश आजका लागि बैठक सरेको हो ।