कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।

मनोनीत भएका सदस्यहरू
-ई. उज्ज्वल कोइराला, ताप्लेजुङ
-ई. प्रेमचन्द्र राय, महोत्तरी
-विजया श्रेष्ठ के.सी., ललितपुर
-प्रा. मोहनजंग शाह, बाँके
-डा. निरञ्जन कोइराला, कास्की
-कुमार लामिछाने, वर्दिया
-रमा के.सी., सुर्खेत
-प्रेमलाल चौधरी, कैलाली
-शेरबहादुर सार्की, बाजुरा
-दिलिप कार्की, कञ्चनपुर