काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
सोमबार चितवनबाट काठमाडौं फर्केलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।
पूर्वराजाको गतिविधि बढेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ ।
शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर भेटमा पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहकै नेतृत्वमा भइरहेका राजावादी गतिविधिहरुको बारेमा समेत समीक्षा भएको शीतल निवास स्रोतले जनाएको छ ।
भेटमा संक्रमणकालीन न्याय निरुपणका विषयमा समेत छलफल भएको बताइएकाे छ ।
प्रतिक्रिया