ओली, देउवा र प्रचण्डबिच सिंहदरबारमा छलफल जारी

ओली, देउवा र प्रचण्डबिच सिंहदरबारमा छलफल जारी



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक केही बेरअघिदेखि सिंहदरबारमा जारी छ ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।

बैठकमा संक्रमणकालीन न्याय (टीआरसी), पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको बताइएकाे छ । यस बैठकअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए ।