रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएकाे छ ।
लुम्बिनीले दिएको २ सय २४ रनको लक्ष्य एपीएफले ४१ ओभर ५ बलमा ३ विकेट गुमाएर ४९ बलअघि भेटायो । एपीएफका पुरन विकले नटआउट ७२, कप्तान रोहित पौडेलले ७१ रन बनाए । लुम्बिनीका राजेन्द्र बमले ३ विकेट लिए ।
यसअघि रुपन्देहीकाे एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २३ रन बनायो । लुम्बिनीका कप्तान देव खनालले ६३, मृनल गुरुङले ५५ रन बनाए । एपीएफका अमर रौटेला र अभिषेक गौतमले ३/३ विकेट लिए । योसँगै एपीएफले ८ खेलमा छैटौं जीत हात पारेको छ भने लुम्बिनीले ९ खेलमा ८ अंकसहित प्रतियोगिता सकाएको छ ।
यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भएको खेलमा मधेशले गण्डकी प्रदेशलाई ‘सुपर ओभर’ मा रनले हरायो । सुपर ओभरमा गण्डकीले दिएको २३ रनको लक्ष्य पछ्याएको बागमतीले ९ रनमात्र बनाउन सक्यो ।
यसअघि मधेशले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको गण्डकी ४९ ओभर ५ बलमा २ सय ४६ रनमा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले शतक बनाए । मधेशका विशाल पटेलले ४ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो । मधेशका रोहन विकेले ६४ तथा हरिशंकर शाह र रुपेश सिंहले समान ५१ रन बनाए । गण्डकीका विपिन खत्री र कमल परियारले २/२ विकेट लिए ।
योसँगै गण्डकीले ९ खेलमा ४ अंकसहित जोडेर प्रतियोगिता सकाएको छ भने मधेशले ७ खेलमा पाँचौं हार बेहोरेको छ ।
प्रतिक्रिया