जनमतद्वारा राष्ट्रिय परिषद् समितिको बैठक आह्वान

जनमतद्वारा राष्ट्रिय परिषद् समितिको बैठक आह्वान



काठमाडौं । जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरेको छ । यही चैत १५ गते शुक्रबार काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

उनले भने, “केन्द्रीय सचिवालय समिति बैठकको निर्णायानुसार राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरिएको छ । बैठक शुक्रबार बिहान ९ बजे बस्ने छ ।”

नागरिक उन्मुक्ति पार्टीसँगको पार्टी एकता र अन्य विषयमा छलफल हुने उनले बताए

दुई दलको एकतापछि नागरिक जनमत पार्टी नाम राख्ने, अध्यक्ष डा.सीके राउत, संरक्षक रेशम चौधरी, सह अध्यक्ष रञ्जिता श्रेष्ठ, चुनाव चिन्ह ढकिया हुने गरी दुई दलले छलफल गरिसकेका छन् ।