कुलमान हटाउने निर्णयविरुद्ध माओवादीका जनसंगठनहरुले आन्दोलन गर्ने

कुलमान हटाउने निर्णयविरुद्ध माओवादीका जनसंगठनहरुले आन्दोलन गर्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा माओवादी केन्द्र आबद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिने भएका छन् ।

कुलमान हटाउने निर्णविरुद्ध आजै दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरुको संयुक्त विरोध प्रदर्शन गर्न लागिएको वाइसिएलका एक नेताले जानकारी दिए ।

दिउँसो नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन र कोणसभामा सहभागी हुन संगठनहरुका कार्यकर्तालाई आह्वान गरिएकाे छ ।

कुलमान हटाएर बिचौलियाको सेवा गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध संघर्ष गरिने र जनताको समर्थन खोजिने बताइएकाे छ । यसअघि आजै विहान नेकपा एसनिकट युवा विद्यार्थीले पनि सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरेकाे छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई हटाउनु गलत र आपत्तिजनक विषय भएको बताएका छन् ।