विद्युत प्राधिकरण चितवनको डिजिटल बोर्ड ह्याक

विद्युत प्राधिकरण चितवनको डिजिटल बोर्ड ह्याक

एमाले कार्यकर्ताद्वारा प्राधिकरण कार्यालय तोडफोड


ग्लोब नेपाल
567
Shares

काठमाडौं । नेपाल प्राधिकरणको भरतपुर कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ । ह्याक भएको डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड !’ लेखिएको छ। प्राधिकरणको कर्मचारीबाटै यी काम भएको भन्दै एमाले कार्यकर्ताले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि भौतिक आक्रमण गरेका छन् ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै एमाले कार्यकर्ताले केन्द्र प्रमुख श्रेष्ठमाथि मंगलबार बिहान कार्यकक्षभित्रै आक्रमण गरेका हुन् ।

आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरि घटनाको निन्दा गरेका छन् ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको भोलिपल्ट आज मंगलबार प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको हो । बोर्ड कसले ह्याक गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।