काठमाडौं । बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक चलिरहेकाे छ ।
केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमतका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, जसपाका अध्यक्ष अशोक राईलगायत सहभागी छन् ।
सरकारले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि केही सत्तापक्षीय नेता र विपक्षी दलहरूले विरोध गरिरहेका बेला सत्तापक्षीय बैठक बसेको हो ।
बैठकमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया