काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले जर्सी सार्वजनिक गरेको छ ।
पोखराले तेस्रो संस्करणको एनएसएलमा खेलाडीले लगाउने जर्सी मंगलबार एक कार्यक्रमबिच सार्वजनिक गरेको हो । जर्सीको रङ निलो, पहेँलो र प्याजी रहेको छ ।
पोखराका मार्की खेलाडी समीर तामाङ, ब्रान्ड एम्बेसडर गायक छेवाङ तामाङ, कीट पार्टनर जी स्पोर्ट्सका प्रमुख अध्यक्ष सुन्दर थापालगायतले जर्सी सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया