ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्नेहरु दक्षिण गेटबाट पक्राउ

ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्नेहरु दक्षिण गेटबाट पक्राउ



काठमाडौं । ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका थिए । उनीहरूले ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए ।