सत्ताधारी दलहरूको बैठक निष्कर्षविहीन

सत्ताधारी दलहरूको बैठक निष्कर्षविहीन



काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यस्तता जनाएपछि र प्रधानमन्त्री केपी शर्मा ओली एक घन्टा ढिलो बालुवाटार फर्केपछि सत्ताधारी दलहरूको बैठक निष्कर्षविहीन भएकाे छ ।

कार्यव्यस्ताका कारण जसपा अध्यक्ष अनुपस्थित भएपछि बैठक औपचारिक रुपमा कुनै एजेन्डामा प्रवेश नगरी सकिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

यादवसँग अनौपचारिक संवाद गरेपछि बुधबार बिहान ११ बजे फेरि बैठक बस्ने भएकाे छ ।

अनौपचारिक छलफलका क्रममा विभिन्न विषय उठे पनि तिनले औपचारिकता नपाएको नेताहरूले बताएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोमा चौतर्फी विरोध भइरहेको वेला प्रधानमन्त्री केपी ओलीले सत्तापक्षीय दलहरूको बैठक बोलाएका थिए ।