रौतहट । रौतहटको बृन्दावन नगरपालिका वडा-६ हर्साहामा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ बर्षीय राजाबाबु पटेल घाईते भएका छन् ।
सोमबार बेलुकी स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका हुन् ।
हजुरबुबा जोगाउन गएका नाती राजाबाबुमाथि अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा उनलाई पनि गम्भीर घाइते बनाएको प्रहरीले बताएका छन् ।
हजुरबुवा र नाति दुबै जनाको ज्यान लिने उदेश्यले हमला भएको पीडित परिवारको आरोप छ । घाइते दुबै जनाको बिरगंजमा उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया