अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट

अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट


ग्लोब नेपाल
81
Shares

काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । बुधबार (आज) बिहानको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो ।

छनोट भैसकेपछि आज बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हराएको छ । अर्जेन्टिनाको मास मोनुमेन्टल रंगशालामा अर्जेन्टिनाको जितका लागि जुलियन अल्भारेज, इन्जो फर्नान्डेस, एलेक्सिस म्याक अलिस्टार र गुइलिआनो साइमनले गोल गरेका थिए । ब्राजिलका लागि माथ्थिउस कुन्वाहाले एक गोल फर्काए ।

सन् २०२६ को विश्वकपमा दक्षिण अमेरिकाबाट ६ टोली सिधै प्रवेश पाउने छन् । शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अङ्क छ । बोलिभियाले चार खेल खेल्न बाँकी छ । यसअघि जापान र न्युजिल्याडले विश्वकपमा ठाउँ बनाइसकेका छन ।

आयोजक राष्ट्रहरू क्यानडा, अमेरिका, मेक्सिको तथा जापानसँगै ४८ टोलीले आगामी विश्वकप खेल्नेछन् ।