काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले चैत १५ गतेबाट राजसंस्था पुनर्स्थापनाका लागि हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । उनले राजसंस्थाको पुनर्स्थापनालाई अब कसैले रोक्न सक्दैनन् शीर्षकमा सामाजिक सञ्जाल फेसबुकमा तय भएको आन्दोलनको कार्यक्रममा राखेका थिए । उनको स्टाटसमा चैत १५ र २६ तथा बैशाख ७ गतेको हुने कार्यक्रममा सहभागी हुन आवह्वान गरेका छन् ।
यो समाचार तयार पर्दासम्म उनको यो स्टाटसमा १ हजार ८ सयले कमेन्ट गरेका थिए भने १६९ सेयर भएको थियो । कमेन्टमा उनलाई आमचाकरी गाली, सुझाव र समर्थन प्राप्त छन् । समर्थनभन्दा पनि गाली बढी छ । सुसाङ बुढा मगर कमेन्टमा लेख्छन्– ‘आन्दोलनको लागि रोक्न सकिदैन यो लोकतन्त्रको सुन्दर पक्ष हो, तर राज संस्था पुनस्थर्पनाको सपना कसैले नदेखे पनि हुन्छ ।’
यसैगरी निशान गजुरेल लेख्छन ‘गधाहरु आफु कसरी राजा हुने सोच्दैनन्, कसरी गधा बन्ने र चाकडी गर्ने भन्ने सोच्छन ! अनि हामीलाई लाग्छ देश यिनले राम्रो चलाउँछन !!’
प्रतिक्रिया