जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ



काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ ।