राष्ट्रियसभामा आज पनि विपक्षीको अवरोधपछि बैठक स्थगित

राष्ट्रियसभामा आज पनि विपक्षीको अवरोधपछि बैठक स्थगित



काठमाडौं । राष्ट्रियसभामा विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आज पनि विरोध भएको छ । बैठक सुरु भएदेखि विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

विपक्षी दलका सांसदहरूले निरन्तर उठेर अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरे । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित भएको थियो ।

यता प्रतिनिधि सभामा पनि प्रधानमन्त्री केपी ओलीले कुलमान हटाउने निर्णयको स्पष्टीकरण नदिए बैठक चल्न नदिने अडान विपक्षी दलहरूले राखिरहेका छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।