काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । याे खेल हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा बेलुका पौने ८ बजे शुरू हुनेछ ।
हैदराबादले पहिलो खेलमा राजस्थान रोयल्सलाई हराएको थियो भने लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म चार पटक भेट भएकाेमा लखनउ तीन पटक र हैदराबाद एक पटक विजयी भएकाे छ ।
प्रतिक्रिया