जनताले ज्ञानेन्द्र अपुतालीमा राजा हुँदा पनि असहज मानेका थिए : शंकर पोखरेल

जनताले ज्ञानेन्द्र अपुतालीमा राजा हुँदा पनि असहज मानेका थिए : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वार्थको रोटी सेक्न पूर्वपञ्चहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गुनगान गाउन थालेको आरोप लगाएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमा ज्ञानेन्द्र अधिराजकुमार रहेकै बेला देश र जनतालाई गम्भीर हानी पुग्ने अपराधिक काम गरेको विषय पूर्वपञ्चहरूले नै त्यहीबेला सार्वजनिक गरेको लेखेका छन् ।

आम जनताले उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेको उनको उल्लेख गरेका छन् ।

‘पूर्व राजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्व पञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्व पञ्चहरूले उनको गुणगान गाउनु बेग्लै कुरा हो । तर आम जनताले त उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन्’, पोखरेलले लेखेका छन् ।